शुक्रबार, असोज २१, २०७९

राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने उम्म्मेद्वारको अन्तिम नामावली प्रकाशन हुँदै

फ्ल्यासन्युज नेपाल२०७८ पुष २३ गते ११:३८

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज उमेदवारको नामावली प्रकाशन हुने भएको छ । भोलीे उमेदवारले नाम फिर्ता लिने र पर्सी उमेदवारको अन्तिम नामावली प्रकाशन तथा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ४३ जनाको उमेदवारी परेको छ । मंगलबार तोकिएको समयभित्र १९ सिटका लागि ४३ जनाको उमेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाले राष्ट्रिय सभा सदस्य चुनावका लागि तालमेल गरेका छन् ।

आयोगका अनुसार नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी) बाट ५ जना, जनता समाजवादी पार्टी, नेपालबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जनाले उमेदवारी दर्ता गराएका छन् ।

तपाइँको प्रतिक्रिया