बिहीबार, असोज २०, २०७९

बढि शुल्क नलिएको प्रमाणित गर्न काठमाडौं मेडिकल कलेजका सञ्चालकलाई शिक्षामन्त्रीको चेतावनी

फ्ल्यासन्युज नेपाल२०७८ पुष २२ गते १७:०१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले भक्तपुरस्थित काठमाडौं मेडिकल कलेजको अनुगमन गर्नुभएको छ । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्क भन्दा बढी रकम कलेजले लिएको उजुरीपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित शिक्षामन्त्रीले कलेजको अनुगमन गर्नुभएको हो ।

अनुगमनका क्रममा मन्त्री पौडेलले चिकित्सा शिक्षा ऐन २०७५ को दफा १८ मा शुल्कसम्बधी व्यवस्था भएको र त्यहाँ निर्धारण गरेको भन्दा बढी शुल्क नलिन कलेज सञ्चालकलाई सचेत गराउनुभयो । मन्त्री पौडेलले कलेजका पदाधिकारीलाई बढी शुल्क नलिएको भन्ने प्रमाणित गर्नु प्रमाणित गर्न निर्देशन दिनुभयो । अन्यथा कानुनअनुसार कारबाही गरिने उहाको भनाई छ ।

मन्त्री पौडेलले शुल्कका सम्बन्धमा भोलिसम्म रिपोर्ट पेश गर्न निर्देशन दिनुभएको छ ।

तपाइँको प्रतिक्रिया