शनिबार, मंसिर २४, २०७९

एसिड आक्रमणबाट पीडित खातुनलाई ३ लाख आर्थिक सहायत उपलब्ध गराउने सरकारकाे निर्णय

फ्ल्यासन्युज नेपाल२०७८ पुष २२ गते १६:४७

काठमाडौं । सरकारले गृहमन्त्रालयको लागुऔषध नियन्त्रण शाखा प्रमुखसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलार्ई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले लागुऔषध नियन्त्रण र अनुसन्धान प्रभावकारी बनाउन सीडीओलाई थप जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । यस्तै एसिड आक्रमणबाट पिडित मुस्कान खातुनलाई ३ लाख आर्थिक सहायत उपलब्ध गराउने भएको छ ।

वैठकले जापान सरकारकाबाट प्राप्त हुने १० अर्ब ३९ करोड नीतिगत ऋण स्वीकार गर्ने, प्रहरी नियमावली संशोधन गर्ने, राजपत्र हरेक हप्ताको सोमबार र विहीबार दुई दिन प्रकाशन गर्ने निर्णय गरेको पनि प्रवक्ता कार्कीले जानकारी गराउनुभयो ।

कार्कीले सरकार नागरिकको हितमा भएका कुनै पनि निर्णय लुकाउने पक्षमा नरहेको बताउदैे यसमा स्पष्ट हुन सबैलाई आग्रह पनि समेत गर्नुभयो ।

त्यस्तै सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको छ । सरकारले आर्थिक वर्ष २०७८, ७९ को लागि उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल पाँचसय २० रुपैयाँ निर्धारण गर्ने, नेपाल विद्युत प्राधिकरणका विभिन्न विद्युत वितरण केन्द्र र प्रशारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्ने, र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णयसमेत गरेको छ ।

 

 

 

तपाइँको प्रतिक्रिया