शुक्रबार, असोज १४, २०७९

सहसचिव लुईँटेलको संयोजकत्वमा नारायणहिटी दरबार परिसर रेस्टुरेन्टकाे छानविन समिति गठन

फ्ल्यासन्युज नेपाल२०७८ पुष २२ गते १४:४८

काठमाडौं । नारायणहिटी दरबार संग्राहलयको परिसरमा रेस्टुरेन्ट सञ्चालन गर्न बतास समूहलाई दिएको विषयमा छनबिन समिति बनाएको छ । बिहिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको हो ।

मन्त्रालयले सहसचिव होप्रसाद लुईँटेलको संयोजकत्वमा मन्त्रालयका उपसचिवत्रय टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी रहने गरि समिति गठन गरिएको हो ।

बिहीबार मन्त्रीस्तरको निर्णयले समिति गठन गर्ने निर्णय गरेको थियो । समितिलाई तीन दिनको म्याद दिई राय/ सुझावसहितको प्रतिवेदन तयार गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

महिनामा जम्मा २ लाख २१ हजार रुपैयाँ भाडा आउने निश्चित गरी संग्रहालयभित्र धमाधम संरचना निर्माण भएपछि पर्यटनमन्त्री प्रेम आलेले निर्माण कार्य रोक्न आदेश दिएका थिए ।

 

तपाइँको प्रतिक्रिया