मंगलबार, असोज ११, २०७९

देउवाको भारत भ्रमण स्थगित

फ्ल्यासन्युज नेपाल२०७८ पुष २२ गते १४:२०

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाको आगामी आइतबार हुने भनिएको भारत भ्रमण स्थगित भएको छ । देउवा सहभागी हुने भनिएको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ कार्यक्रम स्थगित भएको छ ।

 

गुजरात सरकारले कोभिडको बढ्दो संक्रमणलाई जनाउँदै कार्यक्रम स्थगित गरेको जनाएको छ । सम्मेलनका लागि व्यापक तयारी भइसकेको र ५ देशका राष्ट्रपति वा प्रधानमन्त्री साथै १५ जना विदेश मन्त्रीसहित उद्योगी, व्यवसायी र बैंकर्सहरु आउने सुनिश्चित भइसकेको थियो । तर पछिल्लो समय भारतमा कोभिड १९ को दर तिब्र रुपमा फैलिएपछि स्थगित गरिएको जनाइएको छ ।

भारतमा एक दिनमै ९१ हजार कोभिड संक्रमित भेटिएका छन् । गुजरातमा पनि संक्रमितहरुको संख्या बढेपछि कार्यक्रमलाई स्थगन गरिएको हो ।

तपाइँको प्रतिक्रिया