शनिबार, मंसिर २४, २०७९

राष्ट्रिय सभाका उम्मेद्वार जिताउन सातवटै प्रदेशमा सत्ता गठबन्धनले बनायो राजनीतिक संयन्त्र

फ्ल्यासन्युज नेपाल२०७८ पुष २२ गते १३:२३

काठमाडौं । राष्ट्रिय सभाका उम्मेद्वारहरुलाई जिताउनका लागि सत्ता गठबन्ध दलहरुले साझा संयन्त्र बनाएका छन् । बिहिबार पाँच दलिय सत्ता गठबन्धको बैठक मार्फत सातवटै प्रदेशमा राजनीतिक संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धनले सातवटै प्रदेशमा संयन्त्र निर्माण गर्ने र केन्द्रको समन्वय समितिले समेत राष्ट्रियसभामा गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गर्ने निर्णय गरेको जानकारी दिएका छन् । सत्ता साझेदार दलको बैठकमा संयोजक रामचन्द्र पौडेल, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित नेताहरू सहभागी थिए ।

साथै बैठकले प्रधानमन्त्री शेर बहादुर देउवाको आगामी आइतबार चार दिने भारत भ्रमणका लागि २५ सदस्यीय टोलीलाई शुभकामना समेत दिएको छ ।

तपाइँको प्रतिक्रिया