बिहीबार, असोज २०, २०७९

ओमिक्रोनपछि आउने भेरियन्ट निकै खतरनाक हुनसक्ने चेतावनी

फ्ल्यासन्युज नेपाल२०७८ पुष २२ गते १२:४८

काठमाडौं । महामारीविदहरुले ओमिक्रोनपछि आउने भेरियन्ट यो भन्दा निकै खतरनाक हुनसक्ने बताएका छन् । ओमिक्रोन तिव्र गतिमा सरे पनि यो पुराना भेरियन्टको तुलनामा त्यति धेरै प्राणघातक मानिएको छैन । तर, आगामी भेरियन्ट विगतको खतरनाक प्राण घातक डेल्टा भेरियन्टभन्दा धेरै घातक हुनसक्ने बताएका छन् ।

संभावित खतरालाई मध्यनजर राख्दै विशेषज्ञहरुले नयाँ जनस्वास्थ नीति अवलम्वन गनै सुरु गरिसकेका छन् । प्रारम्भिक परीक्षणको रुपमा इजरायलमा चौथो आरएनए खोप दिइन थालिएको छ ।

अमेरिकाको फ्लोरिडास्थित विश्वव्यापी स्वास्थ सरुवा रोग केन्द्रका महामारीविद एडविन माइकलले आफ्नो विचारमा यो स्वास्थ नीति अघि बढ्ने दि डेली बेस्टलाई बताएका छन् । पहिलो पटक गत नाभेम्वरमा दक्षिण अफ्रिकामा देखापरेको ओमिक्रोनले विश्वका सम्पूर्ण स्वास्थ निकायमा तरङ्ग फैलाएको छ ।

तपाइँको प्रतिक्रिया