शुक्रबार, असोज १४, २०७९

पहिलो चरणमा एक करोड २० लाख नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने

फ्ल्यासन्युज नेपाल२०७८ पुष २२ गते ११:४९

काठमाडौं । सरकारको परियोजनाका रुपमा सञ्चालित राष्ट्रिय परिचयपत्र पहिलो चरणमा एक करोड २० लाख नेपालीलाई वितरण गरिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका अनुसार यो संख्यामा कार्डको ठेक्का सम्झौता भई हाल प्रतीतपत्र (लेटर अफ क्रेडिट) को प्रक्रिया चलेको छ ।

चाँडै नै कार्ड परीक्षण सकी हात–हातमा राष्ट्रिय परिचयपत्र वितरण गरिने विभागका निर्देशक सुवास ढकालले बताउनुभयो  । उहाँका अनुसार अहिलेसम्म ३५ प्रतिशतभन्दा बढी नागरिकको विवरण राष्ट्रिय परिचयपत्रको केन्द्रीय प्रणालीमा दर्ता भइसकेको छ भने देशव्यापी रूपमा विवरण संकलनको काम भइरहेको छ । उहाँले विभागमा रहेको मसिनले हाल एक घण्टामा एक हजारभन्दा बढी कार्ड पर्सनलाइज्ड गर्नसक्ने जानकारी दिनुभयो ।

तपाइँको प्रतिक्रिया