शुक्रबार, असोज १४, २०७९

नयाँ दिल्लीमा कर्फ्यू जारी

फ्ल्यासन्युज नेपाल२०७८ पुष २१ गते १३:४४

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि भारतको नयाँ दिल्लीमा साताको २ दिन कर्फ्यू लगाइएने भएको छ । भारतमा रात्रीकालीन कर्फ्यू कायमै रहेको र थप साताको २ दिन शनिवार र आइतबार थपिएको जनाइएको छ । भारतमा नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

सक्रमणको जोखिम कायमै रहेकाले सार्वजनिक यातायातमा यात्रा गर्दा मास्कविना यात्रा गर्न नपाइने नियमलाई कडाइका साथ लागू गरिएको छ । यस्तै सरकारले कार्यलयहरूलाई पनि ५० प्रतिशत कर्मचारीको सहयोगमा नियमित कामकाज गर्ने व्यवस्था गर्न भनेको छ ।

सरकारले बाँकी ५० प्रतिशतलाई छुट्टी दिन वा घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । गत हप्ता बस र मेट्रोरेलमा ५० प्रतिशत मात्र यात्रु बोक्न पाउने नियम लागु गरेपनि अब भने रेल र बसले पूर्ण क्षमतामा यात्रु बोक्ने पाउने निर्णय गरेको जनाइएको छ

तपाइँको प्रतिक्रिया