बिहीबार, असोज २०, २०७९

कांग्रेस सभापतिलाई गोलि ठोक्ने धम्की दिने एसएसपी पाण्डे निलम्बीत

फ्ल्यासन्युज नेपाल२०७८ पुष २१ गते १२:५८

काठमाडौं । नेपाली कांग्रेस सिरहाका पार्टी सभापति रामचन्द्र यादवलाई गोलि ठोक्ने धम्की दिने प्रहरी उपरीक्षक हिराबहादुर पाण्डे निलम्बीत भएका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरेको हो

सिरहाका कांग्रेस सभापति रामचन्द्र यादवलाई धम्की दिएपछि छानबिनमा परेका एसपी पाण्डेलाई मंगलबार बेलुकाबाट निलम्बन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले व्यावसायिक आचरणविपरीत गतिविधि गरेको आरोपमा अनुसन्धानका लागि पाण्डेलाई तीन महिना निलम्बन गरिएको जानकारी दिए । एसपी पाण्डेमाथि अनुसन्धान जारी छ,उनले भने, अनुसन्धानलाई सहयोग पुर्‍याउन उनलाई तीन महिनाका लागि निलम्बन गरिएको हो ।

पाण्डेलाई प्रहरी मुख्यालय तानेर अर्का एसपी अर्जुन तिमल्सिनालाई सिरहा प्रहरी प्रमुखका रूपमा खटाइएको छ ।

तपाइँको प्रतिक्रिया