शनिबार, मंसिर २४, २०७९

कांग्रेसको १६ वटा जिल्लाको अधिवेशन फेरी सर्याे

फ्ल्यासन्युज नेपाल२०७८ पुष २१ गते ११:४७

काठमाडौं । नेपाली कांग्रेसको १६ वटा जिल्लाको अधिवेशन फेरी सरेको छ । यसअघि विभिन्न कारणले पटक पटक सर्दै आएको जिल्ला अधिवेशन यसपटक राष्ट्रियसभा चुनावको कारण सरेको हो ।

अधिवेशन हुन बाँकी १६ वटा जिल्लाको अधिवेशन यहि पुसको २७ गते गर्ने कार्यतालिका रहेकोमा सारेर माघको १५ गतेलाई नयाँ मिति तोकिएको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । माघ १२ गते हुने राष्ट्रियसभा चुनावका कारण अधिवेशन सरेको समितिले जनाएको छ ।

नेपाली कांग्रेसले प्रदेश दुईका सबै आठ वटा जिल्ला, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला अधिवेशन गर्न सकेको छैन ।

तपाइँको प्रतिक्रिया