शनिबार, असोज १५, २०७९

मेडिकल कलेजको मूल्य विरुद्ध नेविसंघको रिले अनसन सुरु

फ्ल्यासन्युज नेपाल२०७८ पुष २१ गते १०:४३

काठमाडौं । नेपाल विद्यार्थी संघले काठमाडौं मेडिकल कलेज सिनामंगलमा रिले अनसन सुरू गरेको छ । कलेजले विद्यार्थीहरूसँग अतिरिक्त शुल्क मागेको विरोधमा नेविसंघले हिजोदेखि रिले अनसन गरेका हुन्।

कलेजले मनोमानी ढंगले तोकेको अतिरिक्त शुल्क खारेज गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क कार्यान्वयन गर्नुपर्नेजस्ता माग राखदै अनसनमा बसेको नेविसङ्घको काठमाडौं विश्वविद्यालय मेडिकल समितिका अध्यक्ष डा.नरेश भट्टले बताउनुभयो ।

चिकित्सा शिक्षा आयोगले तोकेअनुसार सबै प्रक्रिया पुयाएका विद्यार्थीहरुको हकमा तुरून्तै नियमित कक्षा सञ्चालन गरी पठनपाठनको व्यवस्था मिलाउनुपर्ने माग विद्यार्थीहरुको छ । माग पूरा नभएसम्म रिले अनसन जारी राख्ने बताउनुभएको छ ।

तपाइँको प्रतिक्रिया