शनिबार, मंसिर २४, २०७९

शेखर पक्षको बैठक बस्दै

फ्ल्यासन्युज नेपाल२०७८ पुष २१ गते १०:२७

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफु निकटका नेताहरुलाई बोलाएर बैठक बोलाउनुभएको छ । बैठकमा महाधिवेशनमा प्रतिस्पर्धा गरेका आफ्ना समूहका उम्मेदवारबीच समिक्षा गरिने बताइएको छ । बैठक आज दिउँसो २ बजेपछि अनामनगरस्थित होटेल बसेरामा बस्ने छ ।

यसअघि हिजो शेखर पक्षका शीर्ष तहका नेताबीच छलफल भएको थियो। हिजोको बैठकको निर्णय अनुसार थप छलफल गर्न आफूपक्षीय उम्मेदवारको बैठक बोलाइएको हो। अनुपम फुडल्याण्डमा बसेको शीर्ष नेताको बैठकले रामचन्द्र पौडेलले देउवालाई सघाएको निष्कर्ष निकालेको थियो । सभापति देउवाले पहिलो र दोस्रो चरणमा केन्द्रीय समिति सदस्यमा एकलौटी रुपमा मनोनित गरेकोप्रति शेखरपक्षले असन्तुष्टि जनाएको छ ।

राष्ट्रिय सभाको निर्वाचनमा दलबाट बनाइएका उम्मेदवारका विषयमा पनि सल्लाह नभएको नेताहरूको गुनासो थियो। मंगलबारको बैठकमा कोइरालाका साथै महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी र बलबहादुर केसी सहभागी हुनुभएको थियो ।

तपाइँको प्रतिक्रिया