शुक्रबार, असोज २१, २०७९

५ उखु उद्योगको बैंक खाता र जग्गा कारोबार रोक्का

फ्ल्यासन्युज नेपाल२०७८ पुष २० गते १७:००

काठमाडौं । उखुको भुक्तानी तत्काल दिनमा लागि विभिन्न ५ उखु उद्योगको बैंक खाता र जग्गा कारोबार रोक्काका लागि पत्राचार भएको छ । सार्वजनिक लेखा समितिको बैठकमा वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले उखुको भुक्तानी नदिने श्रीराम, इन्दिरा, हिमालयन, अन्नपूर्ण र लुम्बिनीको बैंक खाता र जग्गा रोक्नका लागि पत्राचार गरिएको बतानुभएको हो ।

हाल देशैभरी रहेका २९ वटा चिनी मिलमध्ये ८ वटा सञ्चालमा छन् भने ५ वटाले किसानको ८ करोड ७० लाख भुक्तानी दिन बाँकी छ । समयमै भुक्तानी नदिने यी कम्पनीको बैंक खाता रोक्नका लागि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, अर्थ मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई पचात्रार गरिएको सचिव भट्टराईले बताउनुभयो ।

उखु किसानलाई समयमै भुक्तानी उपलब्ध गराउनका लागि मन्त्रालयले उखु उत्पादकलाई पटक पटक अनुरोध गरीरहेको सचिव भट्टराईले बताउनुभयो । राजस्व सचिव कृष्णहरि पुस्करले किसानलाई सरकारले दिने अनुदान कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत कृषककै खातामा जाने व्यवस्था मिलाइएको बताउनुभयो ।

 

तपाइँको प्रतिक्रिया