बिहीबार, मंसिर १५, २०७९

प्रचण्डलाई अमेरिकाको बधाई

फ्ल्यासन्युज नेपाल२०७८ पुष २० गते १३:१२

काठमाडौं । नेकपा माओवादी केन्द्रको पून अध्यक्षमा चयन भएपछि पुष्प कमल दाहाल प्रचण्डलाई अमेरिकाले बधाई दिएको छ । अमेरिकी दुतावासले ट्विट मार्फत अध्यक्ष प्रचण्डलाई बधाइ दिएको हो ।

दूतावासले ट्विट मार्फत भनेको नेकपा (माओवादी केन्द्र) को अध्यक्षमा पुनस् निर्वाचित हुनका लागि । अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध छ। यस अघि अमेरिकाले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत बधाई तथा शुभकामना व्यक्त गरेको थियो ।

सत्ता गठबन्धनभित्र अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई लिएर माओवादी केन्द्र पार्टीभित्र विरोध भइरहेका छन् । माओवादी केन्द्रले ऊर्जा र सडक पूर्वाधार निर्माणमा आएको ५०० मिलियन अमेरिकी डलर अनुदानलाई बिनासंशोधन अघि बढाउन हुन्न भन्दै आइरहेको छ ।

तपाइँको प्रतिक्रिया