शुक्रबार, असोज १४, २०७९

बोको हरामको नियन्त्रणमा रहेका २१ विद्यार्थीको सकुशल उद्धार

फ्ल्यासन्युज नेपाल२०७८ पुष २० गते १२:१४

काठमाडौं । अफ्रिकी मुलुक नाइजेरियामा सेनाले बिद्रोही समुह बोको हरामले नियन्त्रणमा लिएको केही घण्टामा नै २१ विद्यार्थीको सकुशल उद्धार गरेको छ । नाइजेरियाको कटसीना राज्यको बकुरा क्षेत्रमा रहेको इस्लामिक विद्यालयका २१ छात्राहरुलाई हतियारधारी समुहले अपहरण गरेको थियो ।

त्यस लगत्तै सेनाले बोको हरामको हतियारधारी समुहको क्याम्पमा हवाई हमला गरेपछि उनीहरुले २१ छात्रालाई मुक्त गरेको हो । यसैबीच, नाइजेरियाको काडुना प्रान्तमा एक हतियारधारी समुहले ६ जना सर्वसाधारणको बिभत्स हत्या गरेको नाइजेरियाका अधिकारीहरुले बताएका छन् । सो घटनाको जिम्मेवारी भने कसैले लिएको छैन ।

तपाइँको प्रतिक्रिया