शनिबार, असोज १५, २०७९

चिसो बढेपछि तराईका जिल्लामा शितलहर सुरु

फ्ल्यासन्युज नेपाल२०७८ पुष २० गते ११:२२

काठमाडौं । चिसो बढेसंगै तराइकाजिल्लाहरुमा शीतलहर सुरु भएको छ । शीतलहरका कारण पर्साका ३ स्थानीयतहले विद्यालय बन्द गरेका छन् । पछिल्लो पटक जिल्लाको ठोरी र धोविनी गाउँपालिकाले निजी तथा समुदायिक विद्यालयमा पुस २४ गतेसम्मका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन्।

जिराभवानी गाउँपालिकाले यसअधि नै पठनपाठन बन्द गराइसकेको छ । शीतलहरले गर्दा स्वास्थ्यमा प्रतिकूल समस्या नपरोस् भन्दै गाउँपालिकाहरूले पनि पालिकाका सम्पूर्ण संस्थागत र निजी विद्यालयमा पठनपाठन बन्द गराएका हुन्। विगत केही दिनदेखि चिसो र शीतलहरले पर्साको जनजीवन प्रभावित भएको छ ।

नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । पश्चिमी वायुका कारण कारण देशका पश्चिमी तथा मध्य तराईका जिल्लाहरुमा बाक्लो हुस्सु÷कुहिरो लागेको छ । अन्यत्र भने मौसम सामान्यतया सफा रहेको मौसमविद् बरुण पौडेलले बताउनुभयो

आज पनि देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया