दिल्लीका मुख्यमन्त्री केजरीवाललाई कोरोना
फ्ल्यासन्युज नेपाल२०७८ पुष २० गते १०:३४
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमा कोरोना संक्रमण देखिएको छ । उनले मंगलबार आफैं ट्विट गर्दै यसबारे जानकारी दिएका हुन् । अहिले केजरीवाल घरमै आइसोलेसनमा बसेका छन् ।
केजरीवालले ट्वीट गर्दै भनेका छन्, ‘मलाई कोरोना संक्रमण भएको छ, लक्षणहरू हल्का छन् । मैले अहिले घरमै आइसोलेसन गरेको छु । पछिल्ला केही दिनमा मेरो सम्पर्कमा आएका सबैले आफूलाई आइसोलेसनमा राखेर कोरोना परीक्षण गराउनुहोस् ।’