शनिबार, असोज १५, २०७९

अत्यधिक बढ्दै चिसो गएपछि हुम्लामा सामुदायिक तथा निजी विद्यालयले पठनपाठन बन्द

फ्ल्यासन्युज नेपाल२०७८ पुष १९ गते १६:५५

काठमाडौं । उच्च हिमाली जिल्ला हुम्लामा चिसो अत्यधिक बढ्दै गएपछि सामुदायिक तथा निजी विद्यालयले पठनपाठन बन्द गरेका छन् । सात स्थानीय तह रहेको हुम्लामा हिउँदे बिदाले पुस र माघ दुई महिना यहाँका विद्यालयमा पठनपाठन बन्द हुने गर्दछ । चिसो अत्यधिक बढेसँगै यहाँका स्थानीय तहले विद्यालयमा हिउँदे बिदा दिने गरेका छन् ।

जिल्लाका सातमध्ये छ गाउँपालिकाका विद्यालय हिउँदे बिदाले बन्द भएका छन् । जिल्लाको सदरमुकाम रहेको सिमकोट गाउँपालिकासहित नाम्खा, खार्पुनाथ, सर्केगाड र ताँजाकोट गाउँपालिकामा रहेका सामुदायिक तथा निजी विद्यालय बन्द भएका छन् ।

सिमकोट गाउँपालिकाले यसअघि नै आफ्ना माताहतमा रहेका निजी तथा सामुदायिक विद्यालयलाई यही पुस १५ गतेपछि बन्द गर्न निर्देशन दिइसकेको थियो । जाडो मौसमको सुरुआत भएसँगै चिसोले असहज भएपछि वार्षिक परीक्षा अगावै विद्यालय बन्द गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया