मंगलबार, असोज ११, २०७९

एमालेका भातृ संगठनहरूले अब १७ जनाभन्दा बढी पदाधिकारी बनाउन नपाउने

फ्ल्यासन्युज नेपाल२०७८ पुष १९ गते १६:००

काठमाडाै‌ । नेकपा एमालेका भ्रातृ संगठनहरूले अब १७ जनाभन्दा बढी पदाधिकारी बनाउन नपाउँने भएका छन् । पार्टीको जनसंगठन संचालन निर्देशिकाको प्रस्तावित मस्यौदामा यस्तो व्यवस्था गरिएको हो ।

जनसंगठन संचालन निर्देशिका मस्यौदा कार्यदलको आजको बैठकले प्रस्तावित मस्यौदालाई अन्तिम रूप दिएको छ । जनसंगठन समन्वय संयन्त्रका इन्चार्ज भानुभक्त ढकालको नेतृत्वमा रहेको कार्यदलमा गोकुल बास्कोटा, पार्वत गुरुङ, महेश बस्नेत, विष्णु रिजाल, माधव ढुंगेल, रचना खड्का हुनुहुन्छ । मस्यौदामा जनसंगठनहरूमा वरिष्ठ उपाध्यक्ष नराख्ने प्रस्ताव गरिएको छ ।

एक महिलासहित दुई उपाध्यक्ष रहने र उपमहासचिव तथा सचिवहरूसहित बढीमा १७ जनाको पदाधिकारी निर्वाचित गर्ने प्रस्ताव छ । अध्यक्ष, महासचिव र कोषाध्यक्ष सबै संगठनमा रहनेछन् । त्यस्तै जनसंगठनहरूलाई दुईवटा अनुसूचीमा राखिएको छ । देशभरी सञ्जाल भएका अनेरास्ववियु, युवा संघ, किसान महासंघ, महिला संघजस्ता संगठनहरूको केन्द्रीय समिति बढीमा २९९ सदस्यीय हुने प्रस्ताव गरिएको छ ।

तपाइँको प्रतिक्रिया