बिहीबार, मंसिर १५, २०७९

राष्ट्रिय सभाको निर्वाचनकाे लागि अन्तिम नामावली प्रकाशन

फ्ल्यासन्युज नेपाल२०७८ पुष १९ गते १४:५६

काठमाडौं  । राष्ट्रिय सभाको निर्वाचनका लागी आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको । गएको शुक्रबार मतदाता नामावली प्रकाशन गरेको निर्वाचन आयोगले आज अन्तिम नामावली प्रकाशन गरेको हो ।

आयोगमा परेका उजुरी र निवेदन माथि छानविन तथा कारबाही प्रक्रिया सकिएपछि आज नामावलि प्रकाशन गर्न लागिएका हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा रिक्त हुने १९ सदस्यका लागी भोली उम्मेदवारको मनोनय पत्र दर्ता गर्ने समय दिइएको बताउनुभयो । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहमा १ हजार ४ सय ९३ जना र प्रदेश सभामा ५ सय ३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता रहेको आयोगले जनाएको छ ।

त्यस्तै मतदानको लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । यसैगरी राष्ट्रिय सभा निर्वाचनमा भाग दिन १२ दल दर्ता भएका छन् । आगामी फागुन २० मा एमालेका आठ, काग्रेसका तीन, एकीकृत समाजवादीका चार र राष्ट्रपतिबाट मनोनित एक जनाको कार्यकाल सकिने छ ।

तपाइँको प्रतिक्रिया