शनिबार, असोज १५, २०७९

सुडानका प्रधानमन्त्री हाम्डोकले दिए राजीनामा

फ्ल्यासन्युज नेपाल२०७८ पुष १९ गते १२:४०

एजेन्सी । सुडानका प्रधानमन्त्री अब्दल्ला हाम्डोकले राजीनामा दिनुभएको छ । सैनिक विद्रोहबाट अपदस्थ प्रधानमन्त्री शर्तसहित पुनर्बहाली भएको केही साता पछी देशमा चर्केको आन्दोलनका बीच हाम्डोकले राजीनामा दिनु भएको हो ।

एक राष्ट्रिय टेलिभिजनबाट सन्देश दिंदै उहाँले देशका नागरिकलाई लोकतन्त्रिक अभ्यासको मौका दिन राजीनामा दिएको उल्लेख गर्नुभएको छ । गत महिना सैनिक विद्रोहका क्रममा घरमै नजरबन्दमा रहनु भएका प्रधानमन्त्री हाम्डोकले सुडानको सेनासंग शक्ति बाँडफाँडको सम्झौता गरेपछी पुनर्बहाली हुनुभएको थियो ।

सेना र राजनीतिक दलहरू बीचको नयाँ सम्झौता अन्तर्गत, हाम्डोकले प्राविधिकहरूको स्वतन्त्र मन्त्रिपरिषद् गठन गर्ने वार्तामा सहभागी भएको त्यसको बिरुद्धमा देशभर आन्दोलन चर्केपछी उहाँ राजीनामा दिन बाध्य हुनुभएको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया