शनिबार, मंसिर २४, २०७९

विश्वको जनसंख्या ७ करोड ४० लाखले बढ्यो, एक नम्बर जनसंख्याको मुलुकमा चीन यथावत

फ्ल्यासन्युज नेपाल२०७८ पुष १९ गते १२:२६

एजेन्सी । विश्वको जनसंख्या ७ करोड ४० लाखले बढेकोे एक तथ्यांकले देखाएको छ । अमेरिकी तथ्यांक व्यूरोका अनुसार विश्वको जनसंख्या ७ करोड बढीले बढेको हो । योसँगै विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ ।

१ अर्ब ४० करोड जनसंख्या भएकोमा चीन विश्वमै १ नम्बरमा यथावत छ । चीनलाई पछ्याइरहेको भारतको जनसंख्या १ अर्ब ३८ करोड पुगेको छ । आगामी तीन वर्षभित्र भारतले चीनलाई उछिन्ने अनुमान गरिएको छ । व्यूरोका अनुसार संयुक्त राज्य अमेरिका विश्वकै तेस्रो ठूलो देश बनेको छ । अमेरिकाको जनसंख्या ३३ करोड २० लाख रहेको छ ।

अमेरिकापछि इण्डोनेसिया र पाकिस्तान क्रमशः चौंथो र पाँचौं ठूलो देश बनेका छन् । यो संख्या सन् २१०० भन्दाअगाडि फेरि बढ्ने विज्ञहरुले अनुमान गरेका छन् । राष्ट्रसंघले पनि विश्वको जनसंख्या सन् २१०० सम्म निरन्तर बढ्ने र तर, यस्तो वृद्धि केही क्षेत्रमा मात्र केन्द्रित हुने जनाएको छ ।

तपाइँको प्रतिक्रिया