शुक्रबार, असोज १४, २०७९

माओवादी केन्द्रका नवनिर्वाचित केन्द्रीय समितिकोे प्रथम बैठक बस्दै

फ्ल्यासन्युज नेपाल२०७८ पुष १९ गते ११:५८

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको प्रथम बैठक आज बस्दै छ । ललितपुरको सानेपा हाइटस्थित हेरिटेज प्लाजामा दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारी चयनबारे छलफल हुने छ । बैठकबाट पदाधिकारी चयन गरिने माओबादी केन्द्रका केन्द्रीय सदस्य हिमाल शर्माले बताउनुभयो ।

प्रचण्डले हिजो महाधिवेशन आयोजक समितिको तर्फबाट २ सय ९९ सदस्यीय केन्द्रीय सदस्यमा ६३ जना रिक्त राखेर २३६ जनाको नाम बन्द सत्र समक्ष प्रस्तुत गर्नुभएको थियो । खुल्लाबाट १ सय ११ जना र समावेशीबाट १२५ जना केन्द्रीय सदस्यहरूको नाम महाधिवेशनको बन्दसत्रले सर्वसम्मत रूपले पारित गरेको थियो। बाँकी ६३ जना केन्द्रीय सदस्य र पदाधिकारीबारे निर्णय भने पनि आज नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक बसेर टुङ्ग्याइने हिमाल शर्माले बताउनुभयो

माओवादी केन्द्रको आज बस्ने केन्द्रीय समिति बैठकले १५ पदाधिकारी र थप केन्द्रीय सदस्यको मनोनयन गर्नेछ । ३१ वर्षदेखि नेतृत्व गर्दै आउनुभएका प्रचण्ड फेरि अध्यक्षमा चयन हुने निश्चित छ । वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमा समस्या नभए पनि महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको दाबी छ । पम्फा भुसाल र शक्तिबहादुर बस्नेतको पनि महासचिवमा दाबी छ । पदाधिकारीमा करिब करिब सहमति भइसकेको प्रचण्डले हिजै बताइसक्नुुभएको छ ।

तपाइँको प्रतिक्रिया