शुक्रबार, असोज २१, २०७९

१४ औँ महाधिवेशनपछि कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलाे बैठक बस्दै

फ्ल्यासन्युज नेपाल२०७८ पुष १९ गते १०:४०

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकले राष्ट्रियसभा सदस्यका उम्मेदवार चयन लगायत विषयमा निर्णय गर्नेछ ।

१४ औँ महाधिवेशनपछि कार्यगत हिसावले सोमबार पहिलो बैठक बस्न लागेको हो । यसअघि ११ पुसमा बैठक बसेपनि त्यो औपचारिकतामा सीमित बनेको थियो। यसपटक रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासहित महाधिवेशनमा छुटेका नेताहरू समेत बैठकमा सहभागी हुनेछन्। देउवाले पौडेल र सिटौलासहित १३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्।

तपाइँको प्रतिक्रिया