आइतबार, असोज १६, २०७९

नेप्सेमा परिसूचकमा झिनाे सुधार

फ्ल्यासन्युज नेपाल२०७८ पुष १८ गते १६:३३

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज ६० दशमलव ४१ अङ्कले बढेर दुई हजार पाँच सय ८४ विन्दुमा पुगेको छ । कारोबार भएका समूहमध्ये एउटा समूहको मात्रै शेयर घटेको छ । आज म्युचल फन्डको शेयर शून्य दशमलव शून्य ६ अङ्कले घट्दा निर्जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै चार सय ११ अङ्कले बढेको छ ।

यस्तै उत्पादन समूहको शेयर तीन सय ४८ अङ्कले, जीवन बीमा समूहको शेयर तीन सय ४४, विकास बैंक समूहको शेयर एक सय ४४ अङ्क र माइक्रोफाइनान्स समूहको शेयर एक सय ४० अङ्कले बढेको छ । आज दुई सय ४० कम्पनीका ७१ लाख ६० हजार कित्ता शेयर चार अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ४४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो । हिमालयन डिस्टिलरी र मध्य भोटेकोशी कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

तपाइँको प्रतिक्रिया