शुक्रबार, असोज २१, २०७९

अतिरिक्त शुल्क लिइरहेका मेडिकल कलेजलाई कार्बाही गर्न गृहको निर्देशन

फ्ल्यासन्युज नेपाल२०७८ पुष १८ गते १६:१९

काठमाडौं । गृह मन्त्रालयले विद्यार्थीहरूबाट अतिरिक्त शुल्क लिइरहेका मेडिकल कलेजलाई कानुनी दायरामा ल्याउन पत्राचार गरेको छ । मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रूपन्देही, बाँके र जुम्लाका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै विद्यार्थीबाट अतिरिक्त शुल्क उठाउने कलेजहरूलाई कारबाही गर्न निर्देशन दिएको हो ।

मेडिकल कलेजहरूले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा अतिरिक्त शुल्क बुझाउन विद्यार्थीहरूलाई दबाब दिइरहेका छन् । गृहले प्रशासन कार्यालयहरूलाई अतिरिक्त शुल्क माग्ने कलेजहरूलाई कारबाही गर्न निर्देशन गरेको हो । कलेजहरूले अतिरिक्त शुल्क नबुझाए पठनपाठनसमेत गर्न नदिने सम्मको धम्की दिने गरेको विद्यार्थीहरूको गुनासो छ ।

तपाइँको प्रतिक्रिया