मंगलबार, मंसिर २०, २०७९

कांग्रेस महाधिवेशनमा पराजित थप तीन नेता केन्द्रीय सदस्यमा मनोनित

फ्ल्यासन्युज नेपाल२०७८ पुष १८ गते १६:०२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कल्याण गुरुङ, प्रदीप पौडेल र जीवन बहादुर शाहीलाई केन्द्रीय सदस्य पदमा मनोनित गर्नुभएको छ । तीनै जना १४ औं महाधिवेशन पदमा पराजित हुनुभएको थियो ।

गुरुङ सभापतिमा, पौडेल महामन्त्रीमा र शाही सहमहामन्त्री पदमा उम्मेदवार हुनुहुन्थ्यो । सभापति देउवाले हिजो १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिसक्नुभएको छ । कांग्रेसको विधानमा सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने प्रावधान छ । १४ औं महाधिवेशनबाट १३४ जना निर्वाचित भएका थिए । यसैबीच, सभापति देउवाले भोलि दिउँसोका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाउनुभएको छ । १४ औं महाधिवेशनपछि कांग्रेसको नयाँ कार्यसमितिको दोस्रो बैठक बस्न लागेको हो

। कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि दिउँसो दुई बजे बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिनुभयो । कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक अघिल्लो शनिबार बसेको थियो ।

तपाइँको प्रतिक्रिया