सिके राउतको आन्दोलनमा प्रहरीको गोली चल्यो, पाँच जना कार्यकर्ता घाइते
फ्ल्यासन्युज नेपाल२०७८ पुष १८ गते १३:४०
जनकपुरधाम । सिके राउतको जनमत पार्टीको आन्दोलनमा प्रहरीले गोली चलाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको पोर्ताहामा आन्दोलन गरिरहेका सिके कार्यकर्तामाथि प्रहरीले गोली चलाएको हो ।
प्रहरीको गोली लागेर जनमतका ५ जना घाईते भएका छन् । नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र संजय साहलाई गोली लागेको हो । वैजनाथ र नथुनीको टाउकोमा तथा अन्यको खुट्टामा गोली लागेको बुझिएको छ ।
गोली लागेर गम्भीर घाईते उनीहरुलाई वीरेन्द्रबजार लगिएको छ । टाउँकोमा गोली लागेका २ जनाको अवस्था चिन्तिाजनक छ । घटनाबारे विस्तृत विवरण आउँन बाँकी छ ।