आइतबार, असोज १६, २०७९

प्रतिनिधि सभाको बैठक बिहिबारसम्मका लागि स्थगित

फ्ल्यासन्युज नेपाल२०७८ पुष १८ गते १२:३३

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आग्रहमा आइतबार दिउँसो एक बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ । माओवादी केन्द्र महाधिवेशनमा होमिएका कारण बैठकमा उपस्थित हुन नसक्ने भन्दै संघीय संसद सचिवालयलाई पत्र लेखेपछि आजको बैठक स्थगित गरिएको हो ।

बैठक पुस २२ गते (बिहीबार) दिउँसो एक बजे सम्मका लागि स्थगित गरिएको संघीय संसद्का महासचिव भरतराज गौतमले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् । पुस ११ गतेदेखि काठमाडौंमा माओवादी केन्द्रको महाधिवेशन जारी छ ।

तपाइँको प्रतिक्रिया