शनिबार, असोज १५, २०७९

मलामी जाँदै गरेको बस दुर्घटना हुँदा सातको मृत्यु,८ जना घाइते

फ्ल्यासन्युज नेपाल२०७८ पुष १८ गते १२:१८

काठमाडौं । पाल्पामा मलामी जाँदै गरेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन् । आइतबार जिल्लाको रिब्दीकोट गाउँपालिका–३, लघुवामाबस दुर्घटना हुँदा सात जनाको भृत्यु भएको हो र ८ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बुटवलदेखि शव दाहसंस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको बस दुर्घटना भएको हो । बिहान साढे दस बजेतिर लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बसमा करिब ३५ जना मलामी सवार रहेकाे स्थानीयले जनाएका छन । दुर्घटनामा परेकामध्ये ७ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले उद्धार गरी घाइतेलाई उपचारका लागि जिल्ला सदरमुकाम तानसेन पठाएको जनाएको छ । बाँकीको अवस्था सामान्य रहेको स्थानीयले जानकारी दिए ।

प्रहरी र स्थानीयसहितको टोलीले घाइतेको उद्धार कार्य गरेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया