बिहीबार, असोज २०, २०७९

‘ए’ डिभिजन लिग फुटबल- नेपाल पुलिस क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदै

फ्ल्यासन्युज नेपाल२०७८ पुष १८ गते ११:५३

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज एक खेल हुँदैछ । लिगको सातौं चरण अन्तर्गत आज एक मात्र खेल हुन लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एक मात्र खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र साविक विजेता मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पुलिस र मछिन्द्रबीचको खेल साँझ पौने ४ बजे सुरु हुनेछ । उपाधि दाबेदार मानिएको मछिन्द्रका लागि यस खेल महत्वपूर्ण रहेको छ । एएफसी कप छनोट खेल्नका लागि मछिन्द्रलाई पुलिसविरुद्ध जित्नैपर्ने दबाब छ । मछिन्द्र ६ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एएफसी कप छनोट खेल्न सातौं चरण सकिदा मछिन्द्रलाई शीर्ष स्थानमा उक्लनु पर्नेछ ।

यस्तोमा मछिन्द्रलाई जित बाहेक अन्य बिकल्प छैन । पुलिससँग हार वा बराबरीमा रोकिएमा मनाङ एएफसी कपका लागि छनोट हुनेछ । मनाङ ७ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । यता, पुलिस ६ खेलमा ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ । पुलिस आज मछिन्द्रलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ । तर, खराब लयमा रहेको पुलिसलाई जित निकाल्न सहज भने छैन ।

तपाइँको प्रतिक्रिया