शुक्रबार, असोज २१, २०७९

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रमा जलपंक्षी गणना सुरु

फ्ल्यासन्युज नेपाल२०७८ पुष १८ गते ११:१८

काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रमा जलपंक्षी गणना सुरु भएको छ । निकुञ्ज भित्रका र बाह्य क्षेत्रका तालतलैया तथा नदीमा जलपक्षी गणना सुरु गरिएको हो। गणना अगामी माघ २ गतेसम्म जारी रहनेछ ।

यसका लागि निकुञ्ज कार्यालयका कर्मचारी, नेपाल पक्षी संरक्षण संघका विज्ञ, हिमाली प्रकृति, एनटिएनसी, नेचर गाइड एशोसिएशनका प्रतिनिधिलगायत सहभागी छन् । गणनामा संलग्नले वाइनाकुलर, टेलिस्कोप, क्यामेरालगायतको प्रयोग गरेको संघका चराविज्ञ हिरुलाल डगौराले जानकारी दिनुभयो ।

स्थलगतरूपमा पुगेर र कुनै ठाउँमा डुङ्गालगायतमा चढेरसमेत जलपक्षी गणना हुने उनले बताए। रानीताल, ताराताल, कालीकिच ताल, बेदकोट, बन्दाताल, पुरैनीताल, प्याराताल, स्याली नदी, चौधर नदी र सीमसार क्षेत्रमा जलपक्षी गणना हुने छ । अरु ताल र नदीमा पैदल हिँडेरै गणना हुने भए पनि निकुञ्जभित्रको सलगौँडी तालमा भने हात्तीमा चढेर गणना हुने बताइएको छ ।

तपाइँको प्रतिक्रिया