मंगलबार, असोज ११, २०७९

प्रतिनिधि सभा बैठक बस्दैं, एमाले अवरोध जारी राख्ने

फ्ल्यासन्युज नेपाल२०७८ पुष १८ गते १०:३३

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन बानेश्वरमा बस्दै छ । त्यसअघि ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बोलाउनुभएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादेर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७÷७८ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनदेखि नै निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ । एमालेले दशौं अधिवेशनका बैठकमा अवरोध गरिरहेको छ । आज पनि एमालेले संसद चल्न नदिने नियौय गरेको एमाले सचिब शेर बहादुर तामाङले बताउनुभयो ।

तपाइँको प्रतिक्रिया