मंगलबार, असोज ११, २०७९

यस्ता छन् मन्त्रीपरिषदका निर्णयहरु

फ्ल्यासन्युज नेपाल२०७८ पुष १६ गते १९:१६

काठमाडौं । सरकारले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

निर्वाचन आयोगले आगामी माघ १२ गते राष्ट्रियसभा सदस्यको निर्वाचन गर्ने मिति तोकेको छ भने आगामी एक वर्षभित्र तीनवटै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । मन्त्रिपरिषद्को अस्तिको बैठकले निर्वाचन आयोगसम्बन्धी विधेयक र निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्ने सैद्धान्तिक स्वीकृत प्रदान गरेको कार्कीले जानकारी दिनुभयो ।

मन्त्री कार्कीका अनुसार बैठकले चिकित्सा शिक्षाको स्नातक तहमा चीन लगायतका मुलुकमा भर्ना भएका विद्यार्थीका हकमा बाँकी रहेको अध्ययन÷प्रयोगात्मक अभ्यास÷इन्टर्नसीप पूरा गर्न सैद्धान्तिक स्वीकृति दिने गरेको छ । बैठकले १८ पुसदेखि १२ दिनकालागि बलाधिकृत बालकृष्ण कार्कीलाई नेपाली सेनाको कायम मुकायम प्रधान सेनापतिको कार्यभार तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका नेपाल कृषि सेवाका वरिष्ठ माटो विज्ञ डा.गंगादत्त आचार्यलाई सार्क एग्रिकल्चर सेण्टर ढाकामा वरिष्ठ कार्यक्रम विज्ञ पदमा काम गर्न काजमा खटाउने निर्णय गरेको छ ।

तपाइँको प्रतिक्रिया