मंगलबार, असोज ११, २०७९

रौतहट बमकाण्डका आरोपी आलमको मुद्धा हेर्न नभ्याइनेमा

फ्ल्यासन्युज नेपाल२०७८ पुष १६ गते १८:४८

काठमाडौं । रौतहट बम काण्डका आरोपी पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दा सर्वोच्च अदालतले हेर्न नभ्याइनेमा राखेको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा पेशी चढेको मुद्दा पहिलो नम्बरमै भए पनि हेर्न नभ्याइनेमा राखिएको हो ।

रौतहट जिल्ला अदालतलको पुर्पक्ष थुनामा पठाउने आदेशविरुद्ध आलमले थुनामुक्त गरिनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दिएका थिए । तर उनको मुद्दा पटक पटक पेशी चढे पनि सुनुवाइ हुन सकेको छैन ।

पहिलो संविधानसभा चुनाबका बेला २०६४ चैत २७ गते रौतहटमा बम बिस्फोट गराएको र त्यसका घाइतेलाई जिउँदै इट्टाभट्टामा जलाएर मारेको अभियोगमा आलम थुनामा छन् । उनलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरिदिएको थियो ।

तपाइँको प्रतिक्रिया