अपेक्षा भन्दा बढी बिजुलीको माग आएको कारण बिद्युतमा अनियमित भइरहेको छ- घिसिङ
फ्ल्यासन्युज नेपाल२०७८ पुष १६ गते १६:०१
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकामा अपेक्षा भन्दा बढी बिजुलीको माग आएको कारण बिद्युतमा अनियमित भइरहेको बताएको छ ।
आज प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले माग बढेपछि काठमाडौंको वितरण प्रणालीमा केही ठाउँमा समस्या देखिएको बताउनुभएको हो ।
उनका अनुसार काठमाडौंमा अहिले पिक आवरमा झन्डै ५ सय मेगावाट बिजुलीको माग रहेको छ जुन पोहोर सालको भन्दा ८० मेगावाट बढी भएको बताए । उपत्यकाभरि करिब ३८ सय ट्रान्सफर्मर रहेको र त्यसमध्येबाट ५०–६० वटामा समस्या आएको प्राधिकरणले जनाएको छ ।
घिसिङले काठमाडौं उपत्यकाका विद्युत वितरण नियमित गर्न नसकेकोमा भन्दै अब चाडै यसको समाधान गरिने बताए ।