शनिबार, असोज १५, २०७९

कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छ: शर्मा

फ्ल्यासन्युज नेपाल२०७८ पुष १६ गते १५:४६

काठमाडाै । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने बताएका छन् । आज नेपाल कृषि सहकारी केन्द्रीय संघले काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले किसान, भूमि, नेपालको हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित बनाएर मात्रै देशको विकास र उन्नति सम्भव भएको बताए ।

त्यसका लागि कृषि क्षेत्रलाई परिचालित गरेर अघि बढनुको विकल्प नरहेको शर्माको भनाई छ । अर्थमन्त्री शर्माले कृषि क्षेत्र र किसानहरु राज्यबाटै उपेक्षित भएको स्विकार गर्दै अब उनीहरुलाई परिचालित गरेर कृषिमा आधारित उद्यमहरु स्थापना गर्न लागिपर्ने प्रतिबद्धता जनाएका  छन् ।

तपाइँको प्रतिक्रिया