बिहीबार, मंसिर १५, २०७९

माओवादी-१३ नम्बर समूहकाे निष्कर्ष: महाधिवेशनबाटै पदाधिकारी चयन गरिनुपर्छ

फ्ल्यासन्युज नेपाल२०७८ पुष १५ गते १४:४६

काठमाडौं। नेकपा माओवादी केन्द्रको बन्दसत्रमा पदाधिकारीहरुको चयन महाधिवेशनबाट हुनु पर्ने दबाब आएको छ । पार्टीको जारी आठौं महाधिवेशनको बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष पेश गर्ने क्रममा १३ नम्बर समूहका नेता गोपाल शर्माले ‘पार्टी अध्यक्ष प्रचण्ड तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय कमिटी घोषणा गर्ने मनस्थितिमा रहेको भन्ने बाहिर आइरहेको बताउँदै त्यस तर्फ ख्याल राख्न आग्रह गरेका छन् । उनले भने, महाधिवेशनबाटै पदाधिकारी चयन गरिनुपर्छ ।’

जनवर्गीय संगठनहरुमा नेतृत्व र पदाधिकारीविहीन बनाउँदा राम्रो सन्देश नगएको उल्लेख गर्दै यो स्थिति पैदा हुनु दुृखद भएको सुझाव दिएका छन् । उनले भने, ‘माथिल्लो तहका कमजोरीले तल्लो तहमा देखिएको उत्साहलाई समेत कमजोर बनाइएको छ ।’

प्रचण्डपथलाई प्रचण्ड विचारधाराका रुपमा अघि बढाइनुपर्ने समेत उनले माग गरेका छन् । त्यस्तै प्रचण्डको प्रस्तावमा लेखनाथले राखे ८ बुँदे फरक मत राखेका छन् ।

समूहगत छलफल समापन पछि मात्रै अध्यक्ष प्रचण्डले प्रतिवेदन माथि उठेका प्रश्नकाे जवाफ दिने भएका छन् ।

तपाइँको प्रतिक्रिया