शुक्रबार, असोज १४, २०७९

मेलम्चीको पानी छिट्टै काठमाडौं ल्याउँछौं : मन्त्री चौधरी

फ्ल्यासन्युज नेपाल२०७८ पुष १५ गते १०:५७

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले बाढीका कारण रोकिएको मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउने बताएका छन् । उपत्याकाबासीको वर्षाै देखिको सपना छिट्टै पूरा हुने बताएका हुन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्री निर्वाचित भएपछि बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिदै चौधरीले मेलम्चीको सपना अघि बढाउने शन्त नेता कृष्णप्रसाद भट्टराईको नामसमेत स्मरण गर्न पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहनु अराजनीतिक घटना भएको बताए ।

यस मेलम्चीको पानी राजधानी आइपुगेका बेला ओलीले मेलम्चीको सपना अघि बढाउने सन्त नेता भट्टराईलाई नसम्झनु अराजनीतिक भएको बताउँदै उनले पूर्व प्रधानमन्त्री एवं सन्त कृष्णप्रसाद भट्टराईको सपना साकार पार्न छिट्टै मेलम्चीको पानी राजधानीमा ल्याइने जानकारी दिए ।

तपाइँको प्रतिक्रिया