शुक्रबार, असोज २१, २०७९

भेरी अस्पतालको क्वाटरमा एकै परिवारका चार जनाको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ पुष १५ गते १०:१०

काठमाडौं । बाँके नेपालगञ्जमा रहेको भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको ज्यान गएको छ । अस्पतालको क्वाटरमा रातको समयमा मकल बालेर सुतेका कार्यालय सहयोगी धर्मप्रसाद भट्टराई र उनका परिवारका तीन सदस्यको ज्यान गएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

ज्यान गुमाउनेमा कालीकोटको खाँडाचक्र नगरपालिका–४ घर भएका धर्मप्रसाद भट्टराई, उनका तीन महिनाका छोरा इप्सन, धर्मप्रसादकी आमा कोकिला र बहिनी कोली भट्टराई रहेका प्रमुख जिल्ला अधिकारी खत्रीले बताए ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

तपाइँको प्रतिक्रिया