बिहीबार, असोज २०, २०७९

राजसंस्थाको आवश्यकता झनै बढ्यो :अध्यक्ष लिङदेन

फ्ल्यासन्युज नेपाल२०७८ पुष १४ गते १५:४४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्थाको आवश्यकता झनै बढेर गएको बताएका नछ ।

लिङदेनले सिक्किम भारतमा विलय भएको दृष्टान्त पेश गर्दै राजसंस्था नभए नेपालको अवस्था पनि त्यस्तै भएर जाने जिकिर गरे ।

स्वर्गीय राजा वीरेन्द्रको स्मृतिमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले नेपाललाई अन्य देशबाट आउनसक्ने खतराबाट टार्नसमेत राजसंस्था अनिवार्य रहेको तर्क गरे ।

राजा विरेन्द्रले विदेशीसँग नझुकी २०४६ सालमा राजनीतिक दलका नेताहरुसँग सम्झौंता गरेर संवैधानिक राजाको रुपमा आफूलाई उभ्याएको लिङ्देनले बताए ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री विपिन कोइरालाले मुलुकको हितका लागि राजा र राजसंस्था स्थापित गरेर जानुको विकल्प नरहेको जिकिर गरे । उनले स्वर्गीय राजा विरेन्द्रको देशभक्ति र जनहितकारी कामको स्मरण पनि गराए ।

तपाइँको प्रतिक्रिया