सोमबार, असोज १०, २०७९

काठमाडौंको नयाँ बसपार्कमा एक महिला माथि सामूहिक बलात्कार, बलात्कारको आरोपमा सात जना पक्राउ

फ्ल्यासन्युज नेपाल२०७८ पुष १४ गते ९:३१

काठमाडौँ । संघीय राजधानी काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । ती महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको जनाएको छ ।

मंगलबार पीडित महिलाका आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि उनीहरुलाई बसपार्कका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

परिसरका एसएसपी सुदीप गिरीका अनुसार पीडितले उजुरी गरेपछि सीसीटीभी फुटेजको आधारमा घटनामा संलग्‍नहरुलाई मंगलबार राति नै नियन्त्रणमा लिइएको जानकारी दिए ।

घटनामा संलग्‍न अन्य दुई जना फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडित महिलाको उमेर करिब ३२ वर्ष रहेको र हाल उनको स्वस्थ्य अवस्था सामान्य रहेको गिरीले बताए । महिला माथि उनीहरुले पटक–पटक गरी विभिन्न समयमा बलात्कार गरेको उजुरीमा जनाएको छ ।

तपाइँको प्रतिक्रिया