रौतहटमा भारतीय नम्बर प्लेटको कार दुर्घटना, पाँच जनाको मृत्यु
फ्ल्यासन्युज नेपाल२०७८ पुष १३ गते १९:२१
रौतहट । रौतहटको गौर–चपुर सडकखण्डको सखुअवा र जयनगरको बीचमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर०५पीए ६९५३ नम्बरको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार मृतको पहिचान खुल्न सकेको छैन । उक्त कारमा ८ जना सवार रहेको प्रहरीले जनाएको छ ।