मंगलबार, असोज ११, २०७९

सवारी स्मार्ट लाइसेन्स छपाई पून: सुचारु

फ्ल्यासन्युज नेपाल२०७८ पुष १३ गते १९:१२

काठमाडौं । सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ पुनः सुरु भएको छ । यातायात व्यवस्था विभागमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवको उपस्थितिमा लाइसेन्स छपाइ थालिएको हो । लाइसेन्स छाप्ने कार्ड नभएपछि सरकारले अत्यावश्यक बाहेकका सेवाग्राहीको लाइसेन्स छपाइ र वितरण रोकेको थियो ।

माघ भित्रै छाप्न बाँकी सबै लाइसेन्सको छपाइ सकिने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले दावी गर्नुभयो । करिव ४ लाख ५० हजार लाइसेन्स छाप्न बाँकी रहेको उनको दावी छ । विभागले तीन सिफ्टमा दैनिक ८ हजार काडर्
छाप्ने बताएको छ ।

तपाइँको प्रतिक्रिया