शुक्रबार, असोज १४, २०७९

कोरोना संक्रमितहरु बढ्दै गएपछि भारतको नयाँ दिल्लीमा कडा प्रतिबन्ध

फ्ल्यासन्युज नेपाल२०७८ पुष १३ गते १७:३०

एजेन्सी । कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दै जाँदा भारतको राजधानी नयाँ दिल्लीमा कडा प्रतिबन्ध लगाइएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लिमा कोरोना संक्रमितको संख्या बढिरहेको भए पनि चिन्ता लिनुपर्ने आवश्यकता नभएको उल्लेख गरेका छन्। तर उनले जारी गरिएको विज्ञप्तिमा स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह गरिएको छ ।

लगातार दुई दिनसम्म शुन्ष्य दशमलव ५ प्रतिशतमा संक्रमण दर रहेको खण्डमा येलो अलर्टको घोषणा हुने र दिल्लीमा लगातार तीन दिनदेखि कोरोना संक्रमित हुने दर बढिरहेकोले येलो अलर्ट घोषणा गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पहिलो चेतावनी जारी भएसँगै दिल्लीमा सिनेमाघर र जिम बन्द गर्ने आदेश दिइएको छ । शपिङ मल र पसलहरु भने जोर विजोर प्रणाली अनुसार खुल्ने भएका छन् । मल र पसल विहान १० बजेदेखि राति ८ बजेसम्म खुल्ने छन् । दिल्ली मेट्रो, रेस्टुरेन्ट तथा बारमा क्षमता भन्दा ५० प्रतिशत मानिसलाई मात्र अनुमति दिइएको छ । दिल्ली सरकार यो प्रतिबन्ध तत्कालबाट लागू हुने जनाएको छ ।

तपाइँको प्रतिक्रिया