मंगलबार, असोज ११, २०७९

व्यक्ति विशेषको निरंकुशताको खतरा बढेको छ: नेपाल

फ्ल्यासन्युज नेपाल२०७८ पुष १३ गते १६:५०

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनतालाई अधिकार दिने सवालमा राजनीतिक क्रान्ति सफल भए पनि अरु थुप्रै काम गर्न बाँकी रहेको बताएका छन ।

आज नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (जनवादी)बीच एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले पनि व्यक्तिको निरंकुशताको खतरा रहेको बताएका छन् ।

वंश विशेषको निरंकुशतालाई राजतन्त्र अन्त्यसँगै समाप्त पारिएको भए पनि अहिलेको व्यवस्थामा व्यक्ति विशेषको निरंकुशता देखिएको भन्दै उहाँले यसका विरुद्ध संघर्षको खाँचो औंल्याए ।

उनले मान्छेको विचारमा परिवर्तन ल्याउन सकेमात्र समाज परिवर्तन हुने बताउनुभयो । विभिन्न खुड्किलो पार गर्दै बनेको नेकपा एमालेलाई केपी शर्मा ओलीले कब्जा गरेपछि आफूहरुले विद्रोह गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेको दाबीसमेत गरे ।

 

तपाइँको प्रतिक्रिया