बिहीबार, मंसिर १४, २०८०

टिप्पणी-प्रचण्डपछिको जिम्मेवारीमा कसरी पुग्ने ?

फ्ल्यासन्युज नेपाल२०७८ पुष १३ गते १६:१०

भूपेन्द्र शाह

नेकपा माओवादी नयाँ नीति सहितको नेतृत्व चुन्ने छलफलमा जुटेको छ । जारी आठौ महाधिवेसनमा उच्चतहका नेताहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपछिको जिम्मेवारीमा कसरी पुग्ने ? भन्नेमा चासो छ । तर कार्यकर्ता भने जनतासँग कसरी जोडिने भन्ने कार्यक्रमको खोजीमा छन् ।

माओवादी केन्द्रको महाधिवेशन स्थलमा भित्र नीतिगत छलफल चलिरहेको छ । बाहिर कार्यकर्ता झुण्ड झुण्ड बनाएर गफिदै गरेका देखिन्छन् । एमालेको विधान महाधिवेशन र महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राखिएजस्तै महाधिवेसन स्थल काठमाडौको प्रज्ञा प्रतिष्ठान परिसरमा अध्यक्ष प्रचण्डको पूर्णकद हेर्दा बोल्लाकी जस्तो फोटो राखिएको छ । त्यसैको छेउमा उभिएर प्रतिनिधि र कार्यकर्तालाई तस्बिर खिचाउन भ्याइनभ्याई देखिन्छ ।

कोही कार्यकर्ता केन्द्रीय सदस्यदेखि अध्यक्षसम्ममा आउने व्यक्तिका विषयमा चर्चा गरिरहेका छन् । कोही पार्टीको नीति कस्तो हुने, आगामी कार्यदिशा के हुने ? भन्ने जस्ता नीतिगत मुद्दालाई गफको विषय बनाइरहेका छन् । नीति र नेतृत्वको चर्चा भइरहँदा आउनुभएका महाधिवेसन प्रतिनीधि शालिकराम काफ्ले पार्टीलाई जनतासँग जोड्ने योजना खोजिरहनु भएको थियो । लामो बलिदानबाट प्राप्त उपलब्धीलाई समाप्त पार्ने शक्ति सक्रियतापूर्वक लागेको, त्यसको रक्षा गर्ने र विकास गर्ने संस्थागत गर्ने डकुमेन्ट आउनु पर्छ । पार्टीले त्यहि एजेन्डाहरु जनता सामू लिएर जानुपर्ने उनकाे भनाइ रहेकाे छ ।

माओवादी सुधार्नका लागि आफ्ना एजेन्डा लिएर यहाँसम्म ल्याउन तल्लो तहका नागरिक भएको कार्यकर्ताको साझा बुझाई थियो । उनीहरुको विश्वास कसरी भत्कियो त ? त्यसको उत्तर खोज्न कार्यक्रम वा नीति यो महाधिवेसनले दिनुपर्ने एक प्रतिनीधि ऋषिराम ढुंगानाको चाहाना थियो । ढुंगाना भने,अब सबै यहाँका अन्तरविरोधलाई हल गर्ने, राष्टिय तथा अन्तराष्टिय अन्तरविरोधको हल गर्दै एउटा नयाँ बैचारिक पार्टी निर्माण गर्ने । हजारौको बलिदानीबाट प्राप्त उपलब्धीहरु व्यवस्थाको परिवर्तन गर्यौ । अबको कार्ययोजनाले जनताको अवस्थालाई परिवर्तन गर्ने हुनुपर्छ । केही प्रतिनिधिहरु भने अध्यक्ष पुष्पकमल दाहालले पेश गरेकाे प्रतिनिधिको मुक्त कण्ठले प्रंशसा गर्न व्यस्त थिए ।

संगठनका हिसावले शसस्त्र द्धन्द्धमा हुँदा माओवादीको जनसम्बन्ध र कार्यशैली अरु पार्टीको भन्दा भिन्नै थियो । त्यही नयाँपनले संविधानसभाको पहिलो चुनावमा माओवादी पहिलो पनि भएको थियो । अहिले त्यो जनसम्बन्ध कहाँ गयो ? जनतालाई माओवादीले छोड्यो या माओवादी जनताबाट टाढा भाग्यो ? त्यसको उत्तर व्यवहारमा दिनेगरि यो महाधिवेसनबाट धेरैको अपेक्षा देखिन्छ । त्यो अपेक्षा पुरा गर्न नेतृत्वले पुरानो धरातलमा नयाँ पार्टी बनाउनुपर्ने उनीहरुको सुझाव पनि छ ।

तपाइँको प्रतिक्रिया