बुधबार, मंसिर २१, २०७९

कोरोनाविरुद्धको फाइजर खोप स्थगीत

फ्ल्यासन्युज नेपाल२०७८ पुष १३ गते १२:४४

काठमाडौं । सरकारले आजदेखि सुरु गर्ने भनेको कोरोनाविरुद्धको फाइजर खोप अभियान केही दिनका लागि स्थगित भएको छ । खोपको लागि आवश्यक पर्ने घोलक र फाइजर खोपलाई चाहिने सुइ आउन ढिलो हुने भएका कारण खोप अभियान स्थगित गरिएको स्वास्थ्य सेवा विभाग खोप शाखाका खोप अधिकृत भरत भण्डारीले जानकारी दिनुभयो । आठदस दिनभित्रैमा खोप अभियान सुरु हुने उहाँको भनाइ छ ।

सरकारले विदेश जाने तयारीमा रहेका व्यक्तिलाई कोरोनाविरुद्धको जोन्सन एण्ड जोनसनको खोप दिन सुरु गरेको छ । यो खोप एक मात्रा मात्र लगाए पुग्छ । अहिलेसम्म कुनै पनि प्रकारको खोप नलगाएका र विदेश जान लागेकाहरुलाई यो खोप दिन सुरु गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गएर जोनसन खोप लगाउन सकिनेछ । मन्त्रालयले खोप लगाउन जाँदा राहदानी र भिसा अनिवार्य लिएर जानुपर्ने जनाएको छ ।

तपाइँको प्रतिक्रिया