मंगलबार, असोज ११, २०७९

अधिवेशन गर्न बाँकी १६ जिल्लामा कांग्रेसले पुस २७ गतेबाट निर्वाचन गर्ने

फ्ल्यासन्युज नेपाल२०७८ पुष १२ गते १९:४९

काठमाडौं। नेपाली कांग्रेसले जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लामा यही पुस २७ गते अधिवेशन गर्ने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले जिल्ला कार्यसमिति चयन गर्न बाँकी जिल्लामा २७ गते अधिवेशन गर्ने निर्णय गरेको समितिका सचिव केशव रिजालले  जानकारी दिए ।

प्रदेश २ का आठ जिल्लासहित सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला अधिवेशन बाँकी रहेको निर्वाचन समितिका सचिव रिजालले जानकारी दिए ।

महाधिवेशनअघि ६१ जिल्लामा अधिवेशन भए पनि १६ जिल्लामा हुन बाँकी थियो । गण्डकीमा प्रदेशमा पनि नवलपरासी पूर्वको जिल्ला अधिवेशन हुन बाँकी छ भने लुम्बिनी प्रदेशमा बाँकेमा पनि जिल्ला अधिवेशन सम्पन्न हुन सकेको छैन । यस्तै सुदूरपश्चिम प्रदेशका कैलाली र अछाममा पनि जिल्ला अधिवेशन रोकिएको छ ।

 

तपाइँको प्रतिक्रिया